निषेधाज्ञभरी बिहान ९ बजेसम्म खाद्यायन्न र तरकारी पसल खोल्न पाइने

७ भाद्र, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि लागु गरिएको निषेधाज्ञ को आज चौथो दिनमा तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी दिएका छन् ।

सिडिओ दाहालले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।

बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठक बसेको थियो ।

गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुरमा निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म कायम गरिएको छ ।