उपाध्यक्ष गौतमद्धारा ६ बुँदे प्रस्ताव पेश, गौतम पुन ओलीतर्फ ढल्केको अनुमान

३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले चर्को रुप लिन थालेको छ । नेताहरु कहिले उता र कहिले यता हुने क्रम पनि जारी छ । पार्टीको स्थायी कमिटी बैठक पनि पटकपटक गरी स्थगित हुँदै आएको छ । आज पनि बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको एकल निर्णले स्थगित गरिएको छ । साथै पार्टीको सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिदै आईरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेर दरो प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग गरिरहेका पार्टीका उपाध्यक्ष एवं सचिवालय सदस्य बामदेव गौतम उनकै पक्षमा गएको भान भएको छ ।

नेकपाको ९ सदस्यीय सचिवालयमा प्रचण्ड–नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् यदि वामदेव केपी ओली पक्षमा गएको खण्डमा । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ ।

उपाध्यक्ष बामदेवले अघि सारेको ६ बुदे प्रस्ताव यस प्रकार छ :

१. गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।

२.प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने ।

३. पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने ।

४. पार्टीका दैनिकीका कार्यक्रमहरुमा पार्टीले हस्तक्षप नगर्ने । तर सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियका सवालका विषयमा निर्णय गर्नु भन पहिला पार्टीको सचिवालयको परापर्श लिने ।

५.पार्टीको केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा पुनगर्ठन गर्ने र राजनीतिक तथा संवैधानिक नियुक्ती गर्ने । साथै संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पार्टीको सचिवालयसँग परामर्श लिने ।

६. अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमै राख्ने ।

उपाध्यक्ष गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको यो प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान सँगै मिल्दो छ ।