१३ साउन, काठमाण्डौ । पछिल्लो ३ मिहनामा बलात्कारका घटना धेरै मात्रामा घटेका छन् । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् ।
नगरपालिकाको वडा –३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।
हिजो सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।
पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको थियो । तर राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना बाहिरिएको हो ।
युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुटपिटबाट युवक घाइते भएका छन् ।
स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।