काठमाण्डौंका कमदालीक्षेत्रबाट १५ किलो सुन बरामद

१३ साउन, काठमाण्डौ । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद गरिएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको
हो । यो सुन भए भए–नभएको परीक्षणका लागि पठाइएको छ ।

प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।