सुनिल थापा आज काँग्रेसमा प्रवेश गर्दै उनलाई सहमहामन्त्री दिने सहमति

१३ साउन, काठमाण्डौ । पूर्वप्रधानमन्त्री सूर्य बहादुर थापाका छोरा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री सुनिल थापा आज मंगलबार आफूसहित ५० जनाको दलबलसहित नेपाली कांग्रेस प्रवेश गर्दैछन् ।

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेश गराउने कार्यक्रम राखिएको छ ।

नेता सुनिल थापाले आफू कांग्रेस प्रवेश गर्दा महामन्त्री पद पाउनु पर्ने र केही नेतालाई केन्द्रीय सदस्य बनाउनु पर्ने माग सभापति शेरबहादुर देउवासँग माग समेत राखेका छन् ।

काँग्रेस स्रोतका अनुसार सुनिल थापालाई सहमहामन्त्री दिने भन्ने लगभग सहमति भएको छ । आजै दिने कि एक(दुई दिनमा दिनेबारे छलफल भइरहेको छ बुझिएको छ । त्यस्तै राप्रपाबाट काँग्रेसमा प्रवेश गर्ने नेताहरूलाई केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य बनाउने पनि तयारी समेत भइरहेको बुझिएको छ ।