पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन्

११ साउन, काठमाडौं । ११ साउन, काठमाडौं । आज देशभरमा १३० जनामा कोरोना भाइरसमन संक्रमिण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार १२८ जना निको भएर घर गएकाछन् ।

आज कहाँ कति संक्रमित थपिए

मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै मोरङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८–८ जना, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ । कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३–३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २–२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा १–१ जना संक्रमित थपिएका छन् ।