पत्रकार सहायत कोषमा सहयोगी हात थपिने क्रम जारी

११ साउन, काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले संचालन गरेको कार्यक्रम वृद्ध, असक्त र गम्भीर रोगका कारण बिरामी भएका पत्रकारलाई सहयोगार्थ स्थापना गरिएको कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।

नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखा शन्तराम बिरडारीको नेतृत्वमा आउँदादेखि नै शाखाबाट पत्रकारहरुका लागि केही न केही राम्रो कार्यक्रम ल्याएर पत्रकारिता गरिरहेका पत्रकारहरुको दुखिरहेको मनलाई सान्त्वना दिने गरी उदाहरणीय काम भइरहेका छन् । यसैको क्रममा शाखाले पत्रकारको सहयोगर्थ भनेर कोष नै खडागरी सहयोग आईरहेको र सो प्राप्त सहयोग असक्त, बिरामी, बृद्ध र गम्भीर बिरामी भएका पत्रकारहरुलाई सहयोग पनि गरिरहेकोे छ ।

सहयोगको हात बढाउने क्रममा आज वाङ्ला पब्लिक सेफ्टी ट्रेडिङ सेन्टरका प्रमुख प्रा.डा. भरत आचार्यले महासंघको शाखा कार्यालय भृकुटिमण्डपमै आएर सो कोषमा १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । आज आइतबार शाखा कार्यालय भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वृद्ध, अशक्त र गम्भीर रोगका विरामी पत्रकारलाई सहायता गर्न स्थापना गरिएको कोषमा जम्मा गर्न सञ्चालक भरत आचार्यले शाखाका अध्यक्ष शन्तराम बिडारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । यसअघि पनि सो सेन्टरले शाखालाई करिब रु २५ हजार मूल्य बराबरको किटनाशक औषधि छर्कने दुई यन्त्रका साथै केही औषधि सहयोग गरेको थियो ।

कोषमा सहयोग आउने क्रममा झिल्को डटकमका कार्यकारी सम्पादक कृष्ण लेकालीले पनि सोही कोषमा रु १० हजार सहयोग गर्नुभएको छ ।

शाखा अध्यक्ष शन्तराम बिडारीका अनुसार यो कोष खास खडा गर्नुमा समाचार सङ्कलन तथा प्रवाहमा खटिएका सञ्चारकर्मी गम्भीर रोग लागेर विरामी पर्दा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको जानकारी दिनुहुँदै, आगामी भदौसम्म कोषमा कम्तिमा ५ लाख रुपैंया पुर्याउने लक्ष्य रहेको समेत बताउनु भएको छ ।

साथै अध्यक्ष बिडारीले गत असार २९ गते परेको आफ्नै जन्मदिनका अवसरमा सो कोषमा पहिलो पटक रु. १० हजार रकम प्रदान गरी सुरुवात गर्नु भएको कोषमा अहिलेसम्म रू ४५ हजार रकम सङ्कलन भइसकेको छ ।

कोषकै बारेमा बोल्दै शाखा उपाध्यक्ष सूर्य सुवेदीका अनुसार आगामी दिनमा विभिन्न सङ्घ संस्था तथा समाजसेवीबाट सहयोगको अपेक्षा गर्दैै कोषमा रकम थपिने प्रतिबद्धता आइरहेको जानकारी दिनु भएको छ ।

त्यसैले यो कोष विशुद्ध अति पिडा र बिरामीबाट ग्रसित भएका पत्रकारहरुको सहयोगार्थ स्थापना गरिएकाले सबैले आ–आफ्नो तर्फबाट सकेजतिको सहयोग गरी सहयोगी हात आगाडी बढाउन हामी पनि अनुरोध गर्दछौं ।