सुनिल थापासहित ३१ जनाले राप्रपाबाट संयुक्त रुपमा राजीनामा

१० साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवं पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ जना नेता कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संयुक्त राजीनामा दिएका छन् ।

आज शनिबार पार्टीका अध्यक्षद्धयलाई पत्र लेख्दै ३१ जना सुनिल, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनामा दिएका हुन् ।

उनीहरुले नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटक–पटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा दिनेहरुका प्रमुख लिडर सुनिलबहादुर थापाले आफ्नो समूहसहितको टिमलाई नेपाली कांग्रेस प्रवेश गर्ने तयारी समेत गरेको बझिएको छ ।