रोकाया परिवारमा पुत्रलाभ

१० साउन, पचालझरना, राम्नाकोट, कालिकोट । कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नम्बर ४ निवासी स्वर्गीय बुबा कर्ममान रोकाया र ममतामयी आमा रामसीता रोकायाका माईला छोरा धर्मराज रोकायाको सातवटी छोरीपछि आज (छोरा) पुत्रलाभ भएको छ ।

आजकै दिन नागपञ्जमी भएको र साइत समेत राम्रो भएकै दिनमा बुबा धर्मराज रोकाया र आमा गोरिकला रोकायाको विवाह भएको करिब २९ वर्ष पछि आठौं सन्तानका रुपमा आज पुत्रलाभ गरेका हुन् ।

३८ परिवारको ठूलो रोकाया परिवारमा पुत्रलाभ गर्ने बुबाआमा र सम्पूर्ण रोकाया परिवारलाई बधाई छ ।