पछिल्लो २४ घन्टामा १०९ जना कोरोना भाइरसका संक्रमित थपिए

१० साउन, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज १०९ जना कोरोना भाइरसका संक्रमिण थपिएका छन् । देशभरीका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यो सँगै नेपाल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएका छन् ।

आज देशभर।मा कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११–११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६–६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४–४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३–३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २–२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएको बताइएको छ ।