फैसला रद्दका लागि साझा पार्टी सडकमा

१० साउन, काठमाडौं । आठ वर्ष अघि आफ्नै श्रीमतीलाई मारेर जन्म सजाय कैद जेलमा बसेका भुतपूर्व सशस्त्र डीआइनी रञ्जना कोइरालालाई आठ वmर्ष मै उन्मुक्ति दिएर छुटकरा दिइएपछि छुकरा दिएको फैसला विरुद्ध आजभोलि दिनहुँ विरोध र धर्ना भइरहेका छन् ।

यसै विरोध स्वरुप आज साझा पार्टी नेपालले न्यायपालिकाको समग्र सुधारका माग गर्दै ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयबाट माइतीघर मण्डलसम्म ‘साझा तराजु यात्रा’ गरेको छ ।

सर्वोच्च अदालतले हालै रञ्जन कोइरालाको मुद्धामाथि गरेको फैसलाले देशको संवैधानिक प्रतिष्ठा, कानुनी राज्यको सिद्धान्तमाथि प्रश्न चिन्ह खडा भएको साझा पार्टीको भनाइ छ । त्यस्तै प्रधानन्यायाधीशको प्रत्यक्ष संलग्नतामै पत्नी हत्याको जघन्य अपराधमा संलग्न कोइरालालाई सजाय कटौती गरेर न्यायालयमाथि नै प्रश्न चिन्ह खडा भएको साझा पार्टीको ठहर छ ।

दोषीलाई हदैसम्मको सजाय दिनुपर्नेमा कानुनको अपब्याख्या गरी सजायबाट उन्मुक्ति दिने कदमले जनता न्याय खोज्न कहाँ जाने भन्ने प्रश्न उत्पन्न भएको पनि सो पार्टीको भनाइ छ ।

सहभागीहरु ‘गैरन्यायिक फैसला चाहिँदैन, दोषीलाई उम्काउन पाइँदैन, गैरन्यायिक फैसला खारेज गर, घुखोर, कमिसनखोर र बिचौलियालाई जेल हालौ’ लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।