पछिल्लो २४ घन्टामा १४७ जना कोरोना भाइरसका संक्रमित थपिए

८ साउन, काठमाण्डौ । आज बिहीबार देशभरमा १ सय ४७ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएको बताएको छ ।

यो सँगै नेपालभर संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।

३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा १४७ जना कोरोना संक्रमण हुँदा १ सय ५६ जना कोरोनाबाट निको भएर घर फर्केका छन् ।

यो सहित हालसम्म १२ हजार ८ सय ४० जना निको भएका छन् । योही संख्याभित्रमा ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।