२२ बर्षे युवतीमाथि सितापाईलामा तेजाव प्रहार

८ साउन, काठमाण्डौ । आज साँझपख काठमाडौंको सीतापाइलामा एक २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ ।

ओखलढुङ्गा निवासी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् ।

पिडित युवतीलाई अहिले कीर्तिपुर अस्पताल उचाररत लगिएको छ ।

तेजाब उनको अनुहारमा परेको भन्ने खबर आएको पनि छ । तर तेजाब प्रहार गर्ने व्यक्ति पक्राउ परेका भने छैनन् ।

उनलाई तेजाव कसले र के कारणले प्रहार गरेको हो त्यो भने खुलेको छैन । तर प्रहरीले तेजाब प्रहार गर्ने व्यक्तिको खोजी कार्य गरिरहेको बताइएको छ ।