प्रदेश २ को मोहोत्तरीमा कोरोना संक्रमणबाट एकको मृत्यु

७ साउन, काठमाडौं । कोरोना भाइरसका संक्रमण घट्ने क्रमसँगै आज थप एकजनाको मृत्यु भएको छ ।

कोरोनाको संक्रमणबाट महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिएका
छन् ।

कोरोनाबाट मृत्यु भएका पुरुष क्यान्सर रोगी थिए । उनी क्यान्सरको चौथो स्टेजमा रहेका थिए ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।