भाद्र १ देखि बिद्यार्थी भर्ना र परीक्षा सचालन हुने तर बिद्यालय खुलेर पठनपाठन नहुने

६ साउन, काठमाडौं । मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरसका कारण बन्द अवस्थामा रहेका शैक्षिक संस्थाहरुको भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न अनुमति दिंदै तर शैक्षिक संस्थामा पठन पाठन भने खुल्ने छैनन् ।

तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ ।
विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरू भने अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्रिपरिषद् बैठकको निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिकामा १ असारदेखि व्यवस्थित रुपमै वैकल्पिक पठनपाठन सुरु गर्ने भनिएको छ । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन
(प्याब्सन) र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्दै आएका छन् ।