करिब ४ महिना पछि लकडाउन हट्यो तर केही क्षेत्रमा प्रतिबन्ध कायमै

६ साउन, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को हिजो बसेको मन्त्रीपरिषद्को निर्णयलाई आज पत्रकार सम्मेलन मात्र जानकारी दिने क्रममा सरकारका प्रवक्ता अर्थ तथा सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जनाए अनुसार करिब चार महिना अर्थात १२० दिन लामो लकडाउन (बन्दाबन्दी) आज मंगलबार राती १२ बजेदेखि अन्त्य भएको
अवगत गराएका छन् । २०७६ चैत ११ गतेदेखि जारी लकडाउन २०७७ साउन ६ गते मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय सुनाएका छन् ।

चैत्र ११ देखि १९ सम्म ८ दिनका लागि गरिएको लकडाउन पटक पटक थपेर जेठ २६ सम्म पूर्ण रुपमा बन्दाबन्दीका रुपमा कायम रहेको थियो ।

पछि जेठ २७ बाट निजी सवारीमा जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो ।

आज सुनाइएको जानकारी अनुसार २०७७ साउन १५ बाट होटल खुल्ने, भोज र पार्टी गर्न नपाइने विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ भदौबाट, सरकारी कार्यालयमा राखिएको सिफ्टको व्यवस्था हट्ने , आज राति १२ बजेबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन् ।

लकडाउन हटेपनि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहेन सरकारले बताएको छ ।

क्रमशः खुल्ने क्षेत्रहरु

निजी सवारी साधानमा लागू गरिएको जोर विजोर प्रणाली ६ साउनबाटै हटेको छ भने सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि खारेज भएको छ । अब कार्यालयहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्लेनछन् ।

यस्तै होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिइएको छ । तर र सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने छ ।

आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात सेवा पनि भदौ १ गतेबाट खुला हुनेछ ।

यस्तै भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ । तर शैक्षिक संस्था खुल्ने
छैनन् । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने मन्त्रिपरिषदको निर्णय छ ।

प्रतिबन्ध कायमै रहेका क्षेत्र ?

मन्त्रीपरिषद्को बैठकदले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखिएको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

त्यस्तै सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै छ ।

 

२००७ साल साउन ६ गते सोमबार बसेको मन्त्रिपररषद् बैठकका निर्णयहरू
सम्बत् २०७७ साल साउन ५ गते सोमबार