पछिल्लो २४ घन्टामा १५० जना कोरोना भाइरसका संक्रमित थपिए

६ साउन, काठमाडौं । आज देशभर १५० जनामा कोरोना भाइरसका सक्रमिण थपिएका छन् ।

देशभरका प्रयोगशालामा ३ हजार ९६३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

यही संख्याभित्रमै ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको भएका छन् । आजै मंगलबार ६०९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै हाल ५ हजार ४७७ जना आइसोलेसनमा छन् ।

आज देशभर कहाँकहाँ थपिए संक्रमित ?

मन्त्रालयले जनाए अनुसार सबैभन्दा धेरै २९ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका २० जना, महोत्तरीका १४, दैलेखका १०, काठमाडौं र उदयपुरका ८–८ जना, चितवन र मकवानपुरमा ५–५ जना तथा कैलाली, बझाङ र डोटीमा ४–४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङ, सर्लाही, गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, बाँके र दाङका ३–३ जना, झापा, इलाम, पर्सा, रामेछाप र सल्यानका २–२ जना तथा सप्तरी, काभ्रे, नुवाकोट, ललितपुर र नवलपरासीका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।