पर्वत नयाँ पुल नजिकै पहिरा खस्दा बाटो अवरुद्ध

६ साउन, पर्वत । लगातार परिरहेको बर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

गएराति पोखरा– बाग्लु–पवर्त सडकखण्डमा ठूलो ढुंगा खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । अबरुद्ध बाटोलाई जिल्ला प्रहरी कार्यालय, पर्वतबाट ५ जनाको टोली समेत खटाएर स्काभेटरको प्रयोगबाट खुलाउने प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार हाल बाटोको केही अंश खुलिसकेको छ र साना सवारीसाधन सूचारु भएका छन् । बाटो पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।