नेकपा स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित

६ साउन, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बिहान ११ बजे बस्नखे तोकिएको भएपनि २ घन्टा पर दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको छ ।

बैठक अब १ बजेका लागि सरेको सूचना आएको एक स्थायी समिति सदस्यले बताएका छन् ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्प कमल दाहाल प्रचण्डबीचको फोन संवाद पछि बैठक सारिएको बताइएको छ ।