वीपीले तय गरेको बाटोमा पार्टी अगाडि बढिराखेको छु

सभापति देउवा

६ साउन, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय पूर्वसभापति वीपी कोइराला सानो देशको ठूलो नेता रहेको बताएका छन् ।

वीपीको ३८ औं स्मृति दिवसमा कांग्रेसको प्रचार विभागले आज मंगलबार गरेको कार्यक्रममा सभापति देउवाले वीपी राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी रहेको बताए ।

‘वीपी के हुनुहुन्थेन ? समाजवादको प्रणेता, साहित्यकार, राष्ट्रवादी नेता हुनुहुन्थ्यो । त्यही भएर मैले भन्ने गरेको छु वीपी सानो देशको ठूलो नेता हुनुहुन्थ्यो ।

आफ्नो ज्यान जोखिममा राखेर पनि वीपी मेलमिलापको नीतिअनुसार नेपाल फर्केको उल्लेख गर्दै देउवाले थपे, ‘उहाँ ज्यान जोखिममा राखेर पनि नेपाल फर्किनुभएको थियो । उहाँका बारे वर्णन गरिसाध्य छैन । उहाँ लोकतन्त्रका लागि लडेको नेता हो ।

वीपीले आफ्नो जीवनकालमा लोकतन्त्रका लागि लडाइँ लडेको उल्लेख गर्दै देउवाले वीपीले तय गरेको बाटोमा पार्टी अगाडि बढिराखेको बताएका छन् ।।