पछिल्लो २४ घन्टामा १ सय ८६ जना कोरोना भाइरसका संक्रमित थपिए

५ साउन, काठमाडौं । आज देशभर १ सय ८६ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यो सहित १७ हजार ८ सय ४४ जना संक्रमित पुगेका छन् ।

देशभरका विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन् ।

यो सहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन् ।

२७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै हालसम्म मृतक ४० जनामा कोरोना पुष्टि भएको छ।