पार्टी विशेष र ब्यक्ति विशेष नभनी राष्ट्रियता ,स्वाधीनता ,सार्वभौमिकता र स्वतन्त्रताको पक्ष र जनतन्त्रको रक्षामा अग्रसर रहौं

बहिर्गमित जनमुक्ति सेना नेपाल

 प्रेस विज्ञप्ति                                                                                      मिति : २०७७–०४–०५

राज्य संचालक शासकहरु जनताप्रति उत्तरदायी नहुँदा जनताले आफ्नो आधारभूत आवश्यकताको दैनिकी परिपुर्तिको निम्ति प्रतिदिन र प्रतिघन्टा जोखिम सँग खेल्न बाध्य हुनु परेको कुरा नेपाली जनताका लागी नौलो होइन । अझ केही महिना अगाडि देखि विश्व मानव जाति कोरोना भाइरसको महामारीले त्रसित र ग्रसित भइरहेको छ । लाखौंका संख्यामा मानिसहरूको मृत्यु भएको छ भने लाखौंलाख मानिसहरू संक्रमितबाट ग्रस्त छन् । कोभिड ( १९ बाट बच्ने उत्तम विकल्प भौतिक दुरी कायम गर्नुपर्ने भएको कारण विगत ४ महिना देखि देश बन्दाबन्दी ( लकडाउनको ) अवस्थामा छ जसले गर्दा दैनिक ज्यालादारी गरेर आफ्नो जिविका चलाउने सर्वसाधारण नागरिकहरुको अवस्था अत्यन्तै कठिनाइ ,भयवह र दयनीय छ यतिसम्म कि लकडाउन अवधिभित्र मात्र गास कै कारण १०००–१५०० मानिसले आत्महत्या गरिसकेका छन ,कयौं मानिसहरु मानसिक रोगको शिकार भएका छन ,वैदेशिक रोजगारीको सिलसिलामा विदेशीएका हजारौं नागरिकहरु देश फर्किने वातावरण नभएर अलपत्र परेका छन् ,देशभित्र कोभिड ( १९ बाट संक्रमित नागरिकहरुको उपचार र सहि व्यवस्थापनको अभावमा जनजीवन निकै अस्तव्यस्त र कष्टकर बनेको छ ।

त्यस्तै बर्खायाम शुरु भए सँगै विगत केहिदिन देखि भीषण वर्षा भइरहेको छ । उक्त अविरल वर्षाको कारण बाढी ,पहिरो र डुवानमको समस्या आतंकपुर्ण फैलिएको छ बाढी पहिरोको कारण ( ठुलो मात्रामा जन धनको क्षेती ) सयौं नागरिकहरु को ज्यान गएको छ भने सयौं नागरिकहरु बेपत्ता ,घाइते र अंगभंग हुनुको साथै ठुलो परिणाममा धन सम्पत्ति र भौतिक पुर्वाधारहरुको क्षेती भएको छ । तराईमा डुवानका कारण हजारौं नागरिक विस्थापित हुन पुगेका छन अझै हजारौं नागरिक र गाउँ वस्तिहरु डरलाग्दो जोखिममा छन् । उनीहरुको तत्कालीन र दीर्घकालीन समस्याको समाधान खोज्नु को सट्टा सरकार उदासीन देखिन्छ , आन्तरिक रूपमा पार्टी द्वन्द्वमा रुमलिएको छ । बरु उल्टो नागरिकको घाउमा नुनचुक लगाइरहेको छ । जसको दृष्टान्त कोभिड ( १९ को सस्तो स्वास्थ्य सामाग्री खरिद प्रकरण ,राहतमा संस्थागत भ्रष्टाचार र कमिसनका खेलहरुले पुष्टि गरेको छ । देशमा देखा परेका यी बिपत्ति र संकट्को घडीमा जनता सँग एकाकार हुनुको सट्टा राज्य आफै आतंक फैलाउदै जनतालाई दुख दिने घृणित कार्यहरू गर्दै छ ।

ज्वलन्त उदाहरण प्राकृतिक प्रकोपको सामाना गर्दा गर्दै थाकेका नेपाली जनता ले राज्यको सहारा पाउने झिनो आशा पलाउन नपाउदै चितवन माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलामा रहेका चेपाङ समुदायको सुकुम्बासी वस्तीका घरहरुमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गरि हात्ती लगायर घर जलाएको निकै ज्यादती क्रूर घटनाप्रती हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटना प्रति हाम्रो संगठन घोरभर्त्सना एवं निन्दा व्यक्त गर्दछ । र दलालहरुको एउटा संयन्त्रले जनताको उठिबास लगाउने र अर्को संयन्त्रले जनताको दुखमा मलम लगाए जस्तो गर्ने जुन नाटक मन्चन गरेको छ यस्ता खालका रवैयाको पनि निन्दा गर्दछौं । साथै दलाल सरकारले जनता माथि पटकपटक विभिन्न बाहानावाजी बनाएर मच्चाउदै आएको लुट्तन्त्र राज्य आतंक,दमन र ज्यादती तुरुन्त रोक्न र आगजनी गरि घरवारविहीन बनाएका चेपाङ समुदायलाई उचित क्षेतिपुर्ती सहित दीर्घकालीन व्यवस्थापन गर्ने गरि तत्काल वैकल्पिक बासस्थानको ब्यबस्था गर्न आग्रह गर्दछौं । यदि हाम्रो अपिल र आग्रहलाई अस्विकार भएमा उक्त बस्तिमा आगो लगाउन निर्देशन दिने चितवन राष्ट्रिय निकुञ्जको प्रसासन अधिकृत लगायत लाई किमार्थ नछोड्ने चेतावनी समेत दिन चाहन्छौँ । अन्तमा दलाल सरकारलाई यस्ता हर्कतहरु पुन नदोहो¥याउन आग्रह गर्दै सम्पुर्ण देशभक्त ,राष्ट्रप्रेमी र जनप्रेमिहरुमा कुनै पनि पार्टी विशेष र ब्यक्ति विशेष नभनी राष्ट्रियता ,स्वाधीनता ,सार्वभौमिकता र स्वतन्त्रताको पक्ष र जनतन्त्र ,जनजिविका र जनसवालमा गोलबद्ध भइ सम्पुर्ण प्रकारका अन्याय ,अत्याचार , शोषण ,दमन ,विकृति र बेथितिको बिरुद्ध एकताबद्धका साथ प्रतिकारमा उत्रन आम जनसमुदायमा हार्दिक अपिल गर्दाछौं ।

अध्यक्ष
रमेश बसेल ( करन )

बहिर्गमित जनमुक्ति सेना नेपाल
केन्द्रिय संघर्ष समिति ( २०६८

धन्यवाद !