भाद्र १ गतेदेखि आन्तरिक उडान खुल्ने

५ साउन, काठमाडौं । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकल भाद्र १ गतेदेखि आन्तरिक उडान खुलाइने निर्णय भएको छ ।

भाद्र १ गते आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

कोरोना भाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ ।

त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ ।

त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको हो । त्यसपछिको लकडाउन कस्तो हुने भनेर सरकारका प्रवक्ताले नै नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुहुनेछ ।

साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।