गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसी घुससहित पक्राउ

५ साउन, काठमाडौं । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव–इन्जिनियर किशोर मोक्तान घुससहित पक्राउ परेका
छन् ।

आज नगरपालिकाकै कार्यलयमा विकास निर्माणको काम सम्पन्नको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले दुवै जनालाई नियन्त्रणमा आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

आज दिउसो करिब साढे १२ बजेको समयमा नगरपालिकाको कार्यालय परिसरबाटै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।