काठमाण्डौं को कागेश्वरी नगरपालिको गागलफेदीमा पहिरो एक को मृत्यु

५ साउन, काठमाडौं । देशभरमा आएको बर्षासँगै आएको बाढी पहिरोले कयौंको ज्यान गइरहेको अवस्थामा देशको राजधानी काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु भएको छ ।

काठमाण्डौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा हिजो आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । ‘सँगै हिँडिरहेका वेला उनी खोल्सातिर गएछन्’, ‘त्यति नै वेला माथिबाट पहिरो आएर थिचेछ । कराएपछि अरु पुगेर १० मिनेटमै निकालेछन् यद्यपि, ज्यान जोगिएन ।