तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ

५ साउन, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन् ।

२०७० सालमा परेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई हिजो आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पक्राउ गरेको डिआइजी शहकुल थापाले जानकारी दिए।

उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो ।

अदालतको सो फैसलापछि फरार रहँदै आएका उनलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

सिद्धार्थ डेभलपमेन्ट पछि जनता बैंकमा बिलय भएको थियो । हालै जनता बैंक ग्लोबल आइएमई बैंकमा बिलय भएको
हो ।