कोरोना सँगै पहिलो साउने सोमबार र पासवत क्षेत्र

५ साउन, काठमाडौं । २०७७ सालको आज पहिलो साउने सोमबार परेको छ । हिन्दु धमालम्बीहरुको धार्मिकस्थल काठमाण्डौंको पशुपतिनाथ मन्दिर परिसर बाहिर भक्तजनहरुको पहिलाको जस्तो भीडभाड नभए पनि कम मात्रामा रहेको छ ।

भोभिड–१९ को महामारीका कारण अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष पासवत क्षेत्रमा भक्तजनहरुको भीड निकै कम देखिन्छ ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाम मध्ये एक हो ।

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउ लगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृति सँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वास समेत लिने गरिन्छ ।