प्रधानमन्त्री ओलीसँग कुनै सहमति गरेको छैन

अध्यक्ष , प्रचण्ड

४ साउन, काठमाडौं । आज बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङको क्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।

बैठकमा प्रचण्ड–नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए ।

अध्यक्ष प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको बताए ।
’केही सहमति भएको छैन । मलाई कमजोर बनाउने कुरा हो । मैले असहमति जाहेर गरेकै हो । गलत ढंगले बाहिर ल्याइएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ’एकीकरण प्रक्रिया सकिएको छैन । सदस्यताको टुंगो लाग्न प¥यो । विचारको बहस हुनुप¥यो । यतिकै भन्दिएकै आधारमा महाधिवेशन हुन सक्दैन ।

सहमति नभएको विषयलाई सहमति भएको भनेर प्रचार गरिएको समेत उनले बताएका थिए ।

यसैबीच आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।