४ साउन, काठमाडौं । व्यवसायीहरु भोलि सोमबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।
सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् ।
आज आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेका छन् ।