ब्लड क्यान्सरसँग लडिरहेका ३० महिने बालकलाई सहयोग गरी बचाई दिन परिवारको अनुरोध

३ साउन, काठमाडौँ । वागमती प्रदेशको धादिङ जिल्ला थाक्रे गाउँपालिका–४ बस्ने कपिल थापा मगरका नवाबालक ३० महिने छोरा सुप्रित थापा मगरलाई ब्लड क्यान्सर भएर अहिले उपचाररत रहेका छन् । ब्लड क्यान्सरको उपचारको लागि लामो समयसम्म अस्पताल राख्नुपर्ने भएकाले परिवारकोे आर्थिक अबस्था दयनीय र निकै नाजुक रहेकाले बाबु कपिल थापाले आफ्नो नाबाबालक छोराको उपचारका लागि सबै तहतप्काबाट आर्थिक सहयोग गरी छोरोलाई बचाई दिन अपिल गरेका छन् ।

नावाबालकका ठूला बुबा बासुथापा मगरले कदर न्यूजलाई बताए अनुसार बच्चालाई अहिले निजामति कर्मचारी अस्पताल मिनभवनमा उपचार भईररेको तथा बालकको उपचारका सबै सहयोगी मन भएका सहयोगी दाताहरु सँग सहयोगको अपेक्षा गर्नु भएको छ । तपाईहरुको सानो सहयोगले यो बालकको ज्यान जोगाउन सकिन्छ त्यसैले स्वईच्छाले सहयोगी हातट अगाडी बढाउन बिनम्र अनुरोध गरेका छन् ।

साथै बालकको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले म बालकको ठुलोबुबा बासु थापा मगरको प्रभू बैंक कलंकी शाखामा रहेको खाता नम्बर ०३४००४५२४५३०००११ मार्फत सहयोग गर्न सम्पूर्ण थापा परिवार अनुरोध गर्दछ ।