मेलम्ची खानेपानी आयोजनाको सुरङका क्रममा बेपत्ता भएका इन्जिनियरको शव प्राप्त

३१ असार, काठमाण्डौ । केही दिन अघि मात्र मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी उज्जवल महर्जनले जानकारी दिएका छन् ।

जनकपुरका इन्जिनियर गोइत बाहुने पाटीको छेउतिर साढे ३ बजेतिर फेला परेका हुन् ।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको छ ।