बुबाद्धारा छोरी र छोराद्धारा आमा बलात्कृत

३१ असार, धनगढी । लकडाउनमा बलात्कारका घटना पनि ज्यादै घट्ने क्रममा एक अनौठो घटना घटेको छ । बलात्कारका घटना घट्ने त गरेकै थिए तर यो घटना अनौठो र पत्यार नलाग्ने भएको छ । सुदूरपश्चिममो बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका –४ की १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका छन् ।

करिब दुई वर्षदेखि बुवाले आफ्नी छोरीलाई पटकपटक बलात्कार गरिरहेको सूचनाका आधारमा बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले बताएका छन् । ‘यस्तै क्रियाकलापका कारण आमा पहिले नै छाडेर गइसकेकी र बुवाले दुई वर्षदेखि छोरीलाई जबरजस्ती करणी गरिरहेको सूचनाका आधारमा म आफै गएर पक्राउ गरेको हुँ,’ उनले भने, ‘पिडित छोरी सानै उमेरकी र उक्त घटनाका कारण उनको भविष्यमा असर पर्नसक्ने भएकाले अहिले बुवा–छोरी दुवैको नाम गोप्य राखेका छौं ।

जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको उनले बताए । पक्राउ गरेको ती व्यक्तीलाई आजै जिल्ला ल्याइदैं गरेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

यस्तै सोही जिल्लाकै पुचौडी नगरपालिका –१० मा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीय छोराले ६१ वर्षीय आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी विषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरीले जनाएको छ ।

आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।