हङकङलाई प्रदान गरिएको विशेष हैसियतलाई अन्त्य गर्ने

अमेरिकी , राष्ट्रपतिको घोषणा

३१ असार, काठमाडौं । अमेरिकी राष्ट्रपतिले हङकङलाई प्रदान गरिएको विशेष हैसियतलाई अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् ।

बिबिसीमा प्रकाशित समाचारका अनुसार राष्ट्रपति ट्रम्पले चीनप्रति कडा नीति अँगाल्ने क्रममा पछिल्लो कदम चालेका
हुन् ।

मंगलबार ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले चीनले जुलाई एकबाट हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनका लागि चीनविरूद्ध यो कदम चालिएको बताए ।

’हङकङलाई अब मूख्यभूमि चीनलाई गरिएझैं व्यवहार गरिनेछ’, उनले भने ।

ट्रम्पले हङकङमा मानव अधिकारको हनन गर्ने चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने एक विधयेकमा पनि हस्ताक्षर गरेको बताए ।

विश्वको आर्थिक राजधानी मानिने हङकङका नागरिकले मूख्यभूमि चीनका नागरिकले नपाउने केही विशेष अधिकारको उपभोग गर्दै आइरहेका छन् ।

चीनले ल्याएको नयाँ सुरक्षा कानुनले ती अधिकारको अन्त्य गर्ने हङकङका स्वतन्त्रता पक्षधरले बताउँदै आएका छन् ।

पछिल्लो समय हङकङ र कोरोना भाइरसको विषयमा चीन र अमेरिकाबीच तनाव रहँदै आएको छ ।

चीनले आफूले ल्याएको कानुनका लागि अमेरिकाले आफूलाई दण्डित गरे त्यसको कडा प्रतिकार गर्ने चेतावनी यसअघि नै दिइसकेको छ ।

मंगलबार अमेरिकाले हङकङलाई दिदैं आएको विशेष हैसियत खारेज गर्ने निर्णयले दुबै देशबीच थप राजनीतिक संकट गहिरिने अनुमान छ ।