१४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ

प्रकाशमान सिंह

३१ असार, काठमाडौं । नेपाली काँग्रेस आफ्नो महाधिवेशनमा होमिरहेको बेला सोही पार्टीका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नै निवास चाक्सीबारीमा आज बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीको आउँदो फागुन ७ गतेदेखि हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।

समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए ।

नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन् । अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ ।