पोखराको दुई ठाउँमा पहिरो जाँदा ५ जनाको मृत्यु ९ जना घाइते

२६ असार, पोखरा । हिजो रातीदेखि आएको लगातार बर्षाका कारण पोखराका दुई स्थानमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१८ सराङकोट र वडा नम्बर २५ हेम्जामा पहिरो जाँदा ५ जनाको ज्यान गएको हो भने भने ९ घाइते भएका छन्

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सराङकोटको गोठादीमा अन्दाजी २ः४५ बजे टंकबहादुर थापाको घरमाथि खसेको थियो । पहिरोमा ५० वर्षीय टंकबहादुर थापा र उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा तथा ६ वर्षीय नाती सुवान थापाको पनि को मृत्यु भएको छ ।

सोही पहिरोबाट साली दमौली घर भएकी सरस्वती श्रेष्ठ घाइते छन् । उनका दुई छोरा वर्ष ८ का शीतल श्रेष्ठ र वर्ष १० का सन्देश श्रेष्ठ मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । त्यस्तै सोही पहिरोमा परी छिमेकी ११ वर्षीया इशिका थापाको पनि ज्यान गएको छ ।

पहिरोबाट मृतक टंककी छोरी २२ वर्षीय छोरीको खुट्टा भाँचिएको छ भने १८ बर्षकी छोरी आशा थापा घाइते छिन् भने ५ वर्षीया पिरिषा थापालाई पनि टाउकोमा चोट लागेको छ ।

यसैगरि सोही पहिरोबाट मृतक टंक थापाका छिमेकी १९ वर्षका अनिश तामाङ, १९ का रशी थापा, १९ कै रश्मी थापा घाइते छन् ।
हिजै पोखरा २५ हेम्जा मेलबोटमा पहिरो जाँदा ७० वर्षीय हिमकली अधिकारीको ज्यान गएको छ भने अरु घरका सदस्यलाई केही भएको छैन ।