Breaking News

सरिता गिरीको संसद पद र पार्टी सदस्य नरहनेगरी पार्टीबाट कारवाही

२३ असार, काठमाडौं । सरकारले ल्याएको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् । तर समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेर गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गरेकी थिइन् ।

आज मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक राईले जानकारी दिएका छन् ।

त्यसलगतै उनलाई कारबाही गर्ने तयारी थियो । यसबारे छानविन गर्न बनेको कार्यदलले पनि त्यसअनुसार नै सिफारिस गरेपछि कार्यकारीणी समितिले त्यसलाई औपचारिकता दिएको छ ।

गिरीले भने पार्टीले षड्यन्त्र गरेर सांसदबाट हटाउने निर्णय गरेको भन्दै अदालत जाने बताएकी छन् ।

म माथि षड्यन्त्र भयो म अदालत जान्छु – सरिता गिरी