सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा १०८ जना कोरोना भाइरसका संक्रमित थपिए

२४ असार, कैलाली । हिजो मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज बुधबार सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । साथै यही संख्या मध्यमा ९ सय ३८ संक्रमित निको भएर घर फर्केका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएकामध्ये कैलालीका ११ पुरुष र ६ महिला तथा अछामका ९ पुरुष र ७ महिला रहेका छन् । त्यसैगरी, बाजुराका ३९ पुरुष र १५ महिला, बैतडीका १० पुरुष र २ महिला, डोटीका ४ पुरुष र ३ महिला, डडेल्धुराका १ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म २३ हजार ५४८ जनाको पीसीआर विधिबाट जाँच गरिएको र १९ हजार ८९८ मा नेगेटिभ आएको उनले बताए । २ हजार १७४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १६ हजार ९८४ जनामा परीक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ५७०, बैतडीका २९५, बझाङ्गका १३९ ,बाजुरा ४४४, डडेल्धुराका २६९, दार्चुलाका १७, डोटीका ५२१ , कैलालीका ९६७ र कञ्चनपुरका ४२८ गरि ३ हजार ६५० रहेका छन् । जसमा महिला ८४५ र पुरुष २ हजार ८०५ छन् ।