दुई यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारी

२३ असार, काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालक बाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा छलफल गरेर निर्णय हुनेछ ।

यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय बताइएको छ ।