आज मंगलबार कोभिड-१९ का २०४ जना संक्रमित थपिए

२३ असार, काठमाडौं । आज देशभर २ सय ४ जना कोरोनाबाट संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बताएका छन् ।

यो सहित संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

आजै ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।
विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ ।

यही संख्यामा ३५ जना कोरोनाबाट मृत्यु भएको तथ्यांक छ ।