सरिता गिरीलाई कारवाही गर्न कर्यदललाई सिफारिस

२३ असार, काठमाण्डौ । सरकारले ल्याएको नक्सा संशोधन बिधेयकमा उल्टै संशोधन प्रस्ताप हालेर पार्टीको ह्वीप नमानेर संसद नै बहिस्कार गरेकी समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले नेपालको दाबी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानिनन् र नक्सासम्बन्धी संविधान संशोधनको प्रस्ताव पारित हुने दिन संसदमा अनुपस्थित भइन् ।

गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहाय प्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले उनलाई कारबारही गर्न सिफारिस गरेको स्रोतले बतायो ।