पाटन अस्पतालमा मृत्यु भएका एक युवकको कोरोना पुष्टि

२३ असार, काठमाण्डौ । पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएको शर्माले बताए ।

मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।