दुई अध्यक्षबीच ३ घन्टा छलफल उपलब्धी सुन्य

२३ असार, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको पछिल्लो विवाद सुल्झाउन पार्टीद्धय अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष बीच झण्डै ३ घण्टा छलफल भएको थियो ।

यद्यपि दुई अध्यक्षबीच कुनै ठोस सहमति भइनसकेको बताइउको छ ।

प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए । लगातार भेटवार्ता भएपछि सहमति हुन सकेको छैन ।