कसको पोल्टामा पर्ला नेपाल प्रहरीको कमाण्ड

२३ असार, काठमाण्डौ । नेपाल प्रहरीका वर्तमान आईजीपी ठाकुर ज्ञवालीको पदावली भोलि २४ असारदेखि ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश हुन थालेपछि नयाँ आईजीपीको दौडधुप भएसँगै आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना देखिन्छ । आजै अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पाल मध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व सम्हालनेछन् । थापा योजना बनाउन सिपालु मानिन्छन् भने पाल ‘एक्सन’मा दरिला छन् ।

नयाँ आईजीपी नियुक्ति सम्बन्धि प्रस्ताव प्रधानमन्त्री ओलीसमक्ष लैजान गृह मन्त्रालयले तयारी थालेको छ । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ ।