Breaking News

काँग्रेसद्धारा १४औं महाधिवेशन कार्यतालिका सार्वजनिक

२२ असार, काठमाण्डौ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पूर्वनिर्धारित समय फागुनमै १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० साउनभित्र अन्तरिम संरचना समायोजन गरी कार्यतालिका बनाएको छ । त्यसपछि बल्ल महाधिवेशन केन्द्रीत काम सुरु हुने बताएको छ ।

तर कार्यतालिकाअनुसार महाधिवेशन हुनेमा स्वयंम केन्द्रीय सदस्य समेत विश्वस्त छैनन् ।

काँग्रेस महाधिवेशन संशोधन कार्यतालिमा के छ ?

संशोधिन कार्यतालिकाअनुसार १० साउनभित्र बाँकी जिल्लाहरुको समायोजन सक्नुपर्नेछ । ५१ जिल्लाको समायोजन सकिएको छ भने २६ जिल्लाको बाँकी छ ।

यस्तै क्रियाशील सदस्यता वितरण र नविकरणका लागि २५ असारबाट सुरु हुनेछ भने साउन मसान्तभित्र सक्ने कार्यतालिकामा छ । भदौ मसन्तसम्म यो क्रियाशीलको सूची केन्द्रमा आइपुग्नुपर्छ । त्ससपछि केन्द्रीय छानविन समितिले उजुरी आहृवान, छानविन लगायतका सबै प्रक्रिया पुरा गरेर १५ मंसिरभित्र निर्णय गरिसक्नुपर्नेछ ।

क्रियाशीलको सबै काम सकिएपछि बल्ल अधिवेशन सुरु हुनेछ । जसको कार्यतालिका यस्तो छः

गाउँ–नगर वडा अधिवेशन ः २०७७ पुस ६ गते
गाउँ–नगरपालिका अधिवेशन ः २०७७ पुस ८ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन ः २०७७ पुस ११ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ पुस १६ गते
प्रदेश अधिवेशन – २०७७ माघ ६ गते
केन्द्रीय महाधिवेशन – २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।