आज कोरोना संक्रमित कहाँ कति थपिए डाटासहित

२२ असार, काठमाण्डौ । आज देशभर कोरोना भाइरसका १८० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८-८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६-६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५–५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्युठान र काभ्रेका ४–४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३र३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २–२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आजै कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।