देशभर कोरोना भाइरसका १८० जना संक्रमित थपिएको पुष्टि

२२ असार, काठमाण्डौ । नेपाल भर आज थप १८० जनामा कोरोना भाइरसका संक्रमण थपिएको पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

यही संख्या भित्रमा ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।