२१ असार, काठमाण्डौ । आज देशभर कोरोना भाइरसका संक्रमित थपिने क्रममा कुन ठाउँमा कति संक्रमित थपिएको जानकारी दिने क्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७-२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२-१२ जना र प्युठानका ११ जना छन् ।
डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७-७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४-४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २-२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एकरएक जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।