मनकारी महताराद्धारा एक महिनाको घरभाडा छुट

२१ असार, सुर्खेत । नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रदेश तथा शाखा कार्यालयलाई घरधनी भद्री क्षेत्रीनी महतारा ले घरभाडामा सहुलियत प्रदान गर्नु भएको छ ।

सुर्खेतको भेरिगंगा नगरपालिका वडा नं.–०९ जहरेमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रदेश कार्यालय कर्णाली र शाखा कार्यालय जहरेलाई चाँलु असार महिनाको घरभाडा रकम छुट दिएर घरधनी महताराले सामाजिक उत्तर दायित्व निर्वाह गर्नु भएको छ ।

कारोना महामारीको कारण जारी लकडाउनमा सबै जसो व्यक्ति तथा क्षेत्रमा पारेको असरलाई मध्येनजर गर्दै घरधनी महताराले एक महिनाको घरभाडा छुट दिएर मानवीय भूमिका निर्वाह गरी समाजमा उदाहरणीय कार्य गर्नु भएको कुरा प्रदेश प्रमुख लंक बहादुर बम र शाखा प्रमुख राजेन्द्र बहादुर खड्काले कदर न्यूज लाई फोन मार्फत् जानकारी दिएका छन् ।

कास्की जिल्लाको पोखरा उपमहानगरपालीका–२५ हेम्जामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले देशका ५६ वटा जिल्लामा १०० वटा शाखा कार्यालयहरु बाट आफ्ना ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

लकडाउनभित्रै कोही घरबेटी घरभाडा नदिएको निहुँमा वहालवालालाई घरबाट निकाल्ने, सुविधाबाट बञ्चित गर्ने जस्ता कार्य भइरहेका बेला सुर्खेतका यी महतारा घरधनीले मनकारी काम गरेर सामाजिक दायित्व निर्वाह गरेकीले धन्ययादका साथै आधार प्रकर्ट गर्दछौं ।