बागलुङमा ढोरपाटन खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा मृत्यु भएका युवक कोरोनाबाट भएको पुष्टि

२१ असार, काठमाडौँ । बागलुङमा ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको मृत्यु कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।