एजेण्डा थिएन, बिजनेश थिएन, त्यसैले सरकारले अधिवेशन अन्त्य गर्यौ

सहकारी तथा गरिबी निवारणमन्त्री, पद्मा अर्याल

२० असार, काठमाडौं । मन्त्रीपरिषद्को बैठकले कुनै छलफल र सहमति नै नलिइ हतारहतारमा स्थागित गरेपछि उत्पादन टिकाटिप्पणीमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बिजनेश नभएपछि संसद अधिवेशन अन्त्य गरिएको बताएकी छन् ।

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले यसो भनेकी छन् ।
स्वयं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको आशंका गरिरहेका बेला मन्त्री अर्यालले भने अधिवेशन कहिले बोलाउने ? कहिले बन्द गर्ने भन्ने सरकारको विषय भएको बताइन् ।

‘हामीले बजेट ल्याउनुपर्ने थियो, त्यसैले महामारीमा पनि अधिवेशन बोलायौं । बजेट पास भयो ‘केही विधेयकहरू छलफल गर्नुपर्ने थियो तर सहमति जुटेन बिजनेश थिएन ।’

उनले अघि भनिन्, ‘संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन नि । एजेण्डा थिएन, बिजनेश थिएन, त्यसैले सरकारले अधिवेशन अन्त्य ग¥यो । यसमा स्थायी समितिको कुनै मेल छैन ।